काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित एक करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
उक्त शेयर प्राप्त गर्न साउन १५ गतेसम्म कम्पनीको शेयर खरिद गरी धे्यरधनी बनिसक्नुपर्ने छ । किनकी कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन १६ गते एक दिनका लागि शेयरधनी पुस्तिका बन्द (बुकक्लोज) गर्न लागेको छ ।
तसर्थ उक्त दिनको अघिल्लो दिन अर्थात् साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार भइ कायम भएका शेयरधनीले मात्रै हकप्रद शेयरका लागि दरखास्त दिन पाउने छन् ।
FACEBOOK COMMENTS