काठमाडौं । जुत्ता चप्पल व्यवसायीले चीनबाट आउने सामानको भन्सार सहज बनाउन माग गरेका छन् । बिहीबार अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
नेपाल जुत्ता चप्पल आयात संघले एक सातादेखि चीनबाट आउने जुत्ता चप्पल लगायतमा सामानहरु भन्सार पास नभएको भन्दै भन्सार सहजिकरण गरिदन अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।
संघले राज्यले ठ्रूलो मात्रामा राजस्व गुमाएको अवस्थामा भन्सारबाट अवैधरुपमा सामान भित्रिएको जनाएको छ । संघका अध्यक्ष थानेश्वर ज्ञवालीले केरुङ भन्सार नाका लगायत अन्य विभिन्न नाकाबाट अवैधहरुमा जुत्ता चप्पल नेपाल आउँदा भन्सार तिरेर कानून बमोजिम आयात गर्ने व्यवसायीहरु मर्कामा परेको बताए । उनले भन्सार नतिरी सामान आयात गर्नेसँग वास्तविक व्यवसायीहरुले प्रतिस्पर्धा समेत गर्न नसक्ने अवस्थामा रहेको बताए ।
उनले नेपाल चीन व्यापारी नाका केरुङ नाकामाबाट नेपाल भित्र्ने सामानहरु एक साता देखि भन्सार हुन सक्दा व्यवसायीहरु मारमा परेको बताए । उनले अर्थ मन्त्रीसँगको भेटमा अर्थमन्त्रीले भन्सार अवरोध तथा अवैध सामान आयातको विषयमा अनुगमन समिति बनाएर छानविन गर्ने बताएको जानकारी दिए ।
अध्यक्ष ज्ञवालीले नेपालमा दर्ता नभएका विभिन्न ब्राण्डका लोगोहरुमा सक्कली लोगो सहर भन्सार लिने गरेको बताए । उनले सरकारले यो विषयमा उचित अनुगमन गरी सरकारको सन्दर्भ मूल्यको दरमा भन्सार जाँच पास हुनु पर्ने संघको माग रहेको जानकारी गराए ।
संघले सरकारले चाइनीज जुत्ता चप्पलाई २ देखि ५ डलर मूल्यमा खरिद गरेको सामानमा ८ डलर मूल्याङकन गरी भन्सार लिने गरेको भन्सार शुल्क कम गर्न अर्थमन्त्रीसँग माग गरेको छ । व्यवसायीहरुले तेस्रो मुलुकमा नै आफ्नो लोगो राखि जुत्ता चप्पल आयात गरी मुलुक भित्रै उत्पादन भएको भन्दै बिक्रिवितरण भइरहेको भन्दै त्यसको पनि सरकारले अनुगमन गर्न माग गरेको छ । त्यस्तै संघले आगामी आर्थिक वर्ष देखि लागू हुन लागेको आयातकर्ता र खरितकर्ताको सम्पूर्ण विवरण राख्नु पर्ने व्यवस्था खारेज गर्न माग गरेको छ ।
FACEBOOK COMMENTS