काठमाडौं । दाङको लमहीमा शनिबार दिउँसो गोली चलेको छ ।
लमही नगरपालिका–५, लमही गल्लीस्थित जुनतारा सुनचाँदी पसलमा मोटरसाइकलसहित आएका दुई व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ ।
रा १ प २६३९ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाउँदा पसलमा काम गर्ने प्युठान घर भएका दिपक सुनार घाइते भएका छन् ।
अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS