काठमाडौँ । हास्यकलाकार जितु नेपालले सञ्चालन गर्दै आएको कमेडी रियालिटी शो मुन्द्रेको कमेडी क्लब बन्द हुने भएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत जितुले शो बन्द गर्ने घोषणा गरेका हुन्।
उनले लेखेका छन्,अन्तत : बिदा मागीयो आज अन्तीम भाग। ३ सिजन गरेर १८४ भाग गरीएछ। सबै प्रती आभारी छु। भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासी बन्द गर्न पर्ने केही कारण चॅाही भनेको छैन अहीले पनि भनिन समय आएपछि भनौला ।’
उक्त कार्यक्रम ३ सिजन गरेर १८४ भाग प्रशारण गरिसकेको जनाएको छ । यसअघि २०७८ कात्तिकमा पनि कार्यक्रम बन्द गरेका थिए ।
शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, राधिका कँडेल, दिनेश काफ्ले, एलिना बाँस्कोटालगायत छन्।