काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत उड्न ठिक्क परेको श्री एअरलाइन्सको जहाज धावनमार्गबाट फर्काइएक् ाछ ।
आज शुक्रबार बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त जहाजलाई धावनमार्गबाट पार्किङमा फर्काइएको हो ।
उडान गर्न भनेर धावनमार्ग प्रवेश गरेको जहाजभित्र यात्रुहरुबीच होहल्ला भएपछि सो जहाज धावनमार्गबाट फर्काइएको बताइएको छ ।
यात्रुका कारण उडान सुरक्षामा कुनै खतरा नहोस् भनेर जहाज फर्काइएको बताइएको छ । यो अन्तर्राष्ट्रिय नियम पनि हो । यस्तो अवस्थामा ग्राउण्डमा भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराइने गरिन्छ ।
पार्किङमा फर्काइएको जहाजका यात्रुबीच मिलापत्र गरी सोही जहाज पुनः सुर्खेत उडाइएको श्री एअरले जनाएको छ ।
FACEBOOK COMMENTS