काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लािग आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले हाल कामय रहेको जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
जसमा जारी पुँजीको १ प्रतिशत अर्थात १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँको १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ । सो सेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको मध्येबाट प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँको ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानियले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज ९ गतेसम्म आवेदन दिन सकिने छ ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भदौ १५ गतेदेखि आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओको बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । आयोजना प्रभावित स्थानीयले नबिल बैंकको तानसेन, फरसाटिकर र पाल्पा शाखा, रुपन्देही, एनएमबि बैंकका तानशन, पाल्पा र फरसाटिकर शाखा, ग्लोबल आइएमई बैंकका तानसेन, पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS