काठमाडाैं । भगवान श्रीकृष्णको जन्मजयन्ती आज हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा भक्तजनको भीड लागेको छ ।
आजको दिन कृष्णभक्तहरूका लागि निकै विशेष दिन हो । भगवान कृष्णलाई खुसी पार्न आज भक्तहरू व्रत बस्छन्, मनपर्ने वस्तुहरू अर्पण गर्छन् ।
तर, यदि साँच्चै भगवान् श्रीकृष्णलाई खुसी पार्ने हो यी उनका जीवन जिउने तरिका आफूमा पनि अनुसरण गर्नुहोस् । यो नै उनको वास्तविक पूजा पनि हुनेछ ।
श्रीकृष्णले गीतामार्फत हामीलाई यस्ता धेरै उपदेश दिएका छन्, जसलाई अपनाएर हामी आफ्नो जीवन राम्रो बनाउन सक्छौं । श्रीकृष्णका यी उपदेशहरूले आचरण, व्यवहार र मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । भगवान् श्रीकृष्णबाट सिक्नुपर्ने पाँच महत्त्वपूर्ण गुणबारे यहाँ बताइएको छ :
१. नम्रता र सम्मान
भगवान श्रीकृष्णको जीवन नम्रता र सम्मानको सानदार उदाहरण हो । अरूलाई सम्मान गरेर र नम्र स्वभाव अपनाएर कसरी आफ्नो सामाजिक सम्बन्ध बलियो बनाउन सकिन्छ भनेर उनले सिकाएका छन् । नम्रताले हामीलाई शान्त र मिलनसार बनाउँछ ।
२. सहयोग र समर्पण
श्रीकृष्णले सहयोग र समर्पणको मद्दतबाट कसरी सजिलै आफ्नो लक्ष्य प्राप्त गर्न सकिन्छ र आफ्नो ऊर्जालाइ सही दिशामा लगाउन सकिन्छ भन्नेबारे बताएका छन् । सहयोग र समर्पणको गुणले बलियो समाज निर्माण गर्दछ र त्यसभन्दा पनि बढी यो व्यक्तिगत विकासका अत्यन्त जरूरी छ ।
३. भावनाहरूमा नियन्त्रण
श्रीकृष्णले गीतामा उपदेश दिएका छन् कि हामीले आफ्नो भावनालाई कसरी नियन्त्रण गर्ने भनेर जान्नुपर्छ र यो तब मात्र सम्भव छ जब हामी आफूभित्रबाट शान्त छौं । भावनाहरूमा नियन्त्रणले हामी जीवनका लागि उत्तम के हो भन्नेबारे सही निर्णय लिन सक्षम हुन्छौं । जीवनमा आउने समस्याहरूको सकारात्मकताका साथ सामना गर्न सक्छौं ।
४. स्वधर्मको पालना
श्रीकृष्णले आफ्नो धर्म र कर्तव्य पालन गर्ने तरिका र महत्त्वबारे पनि बताएका छन् उनले अर्जुनलाई कठिन परिस्थितिमा पनि आफ्नो धर्म र कर्मको रक्षा गर्ने ज्ञान दिएका छन् । स्वधर्म पालन गर्नाले आत्मसन्तुष्टि र आन्तरिक शान्ति प्राप्त गर्न सकिन्छ ।
५. मध्यमार्गी हुन सिकौं
श्रीकृष्णले मध्यमार्गमा हिँड्नुपर्ने पनि बताएका छन् । सुख र दुःख दुवै अवस्थामा सन्तुलन कायम राख्नुपर्छ। सन्तुलनले हामी जीवनका समस्याहरू सजिलै स्वीकार गरेर स्थिर र सुखी जीवन जिउन सक्छौं ।
FACEBOOK COMMENTS