काठमाडाै । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक ५८.९३ अंकले घटेर २ हजार ४७०.३९ विन्दुमा आइपुगेको छ । अघिल्लो दिनकाे तुलनामा नेप्से परिसूचक पुनः १ अंकले तल झरेको हो । सोमबार नेप्से सूचक ५९.०२ अंकले घटेको थियो । एकपछि अर्को गर्दै शेयर बजारलाई घट्नुलाई लगानीकर्ताहरुले करेक्सन भन्दै आइरहेका छन् । यद्यपी :यो करेक्सन मात्र नभई यस अघि बुलिश बजारमा एकाएका देखिएको अंकको परिवर्तनको बढाईको असर पनि हो । ३ हजार सम्मको बुलिश बजारमा छोटो समयमै नेप्से सूचक ३ हजार विन्दुमा पुगेको थियो । जसमा राम्रोसँग बजार करेक्सन नभई उकालो लागेको थियो ।यो दिन बजार २ हजार ४६२ विन्दुसमम झरेको छ । यसले बजार अझै झर्ने संकेत गरेको हो भन्ने अनुमान लगानीकर्ताहरुमा देखिन्छ । कारोबार रकमा पनि उल्लेख सुधार भएको देखिदैन । औसत दैनिक ५ अर्ब माथिको कारोबार भइरहेको छ । यसले पनि लगानीकर्ताहरु शेयर बेच्न र किन्न पर्ख र हेरको अबस्थामा देखिन्छन् ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनएलजी इन्स्योरेन्स कम्पनी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, अपि पावर कम्पनी र सानिमा माई हाइड्रो पावर कम्पनीको ११ करोड ६१ लाख रुपैयाँदेखि १८ करोड ४१ लाख रुपैयाँसम्म कारोबार भएको छ । उच्च अंंकले घटेको बजारमा हिमालयन हाइड्रा पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, नेपाल फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी,स्वेतगंगा हाइड्रो पावर एण्ड कन्ट्रसन, एनआइसी एशिया फेल्सी क्याम्प फण्डको शेयर मूल्य ७ दशमलव ५५ अंकले घटेर ८ दशमलव ७४ प्रतिशतले घटेको छ । घटेको बजारमा पनि अपर स्याङ्गे हाइड्रोे पावर, एनआइबीएल ग्रोथ फण्ड, इनवा हाइड्रा पावर कम्पनीको ४.०८ प्रतिशतदेखि ७.८३ प्रतिशतले बढेको छ । यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ । सर्वाधिक घट्ने कम्पनीमा फाइनान्स उपसमूह रहेको छ । बाँकी अन्य कम्पनीको उपसमूहहरु २ प्रतिशतदेखि ३ प्रतिशतसम्मले घटेका छन् ।
FACEBOOK COMMENTS