काठमाडौँ । साल्ट टेर्डिङ कर्पोरेसनका कार्यकारी प्रमुख उर्मिला श्रेष्ठले अनुगमन गर्ने नाममा आतंकमात्र मच्चिने गरेको बताएकी छिन् ।
राष्ट्रिय उपभोक्ता मञ्चको १८ ओैँ बार्षिक साधरण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन, नेपालमा जहिलेपनि चाढबाड आउँदा मात्र अनुगमन गर्ने गरिन्छ । साथै एउटा संस्थालेमात्र हैन विभिन्न संस्थाले अनुगमन गर्छ । अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुदैन् । त्यसलाई नियमकारी गर्नुपर्छ ।
श्रेष्ठले कालो बजारी ऐनलाई लिएरमात्र व्यापारीलाई कारबाही गर्न नहुने बताए । उनले बदमासी गर्नेलाई कारबाही गर्ने हो सबै व्यापारीले बदमासी गर्छ भन्ने नहुने र चोर भन्न नमिल्ने बताए ।
FACEBOOK COMMENTS