काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ ।
महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएकी छिन् ।
चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्यमा अभिनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप मखानी, शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठले उम्मेदवारी दिएको महासंघले जनाएको छ ।
एफएनसीसीआई निर्वाचन : हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समूहको उम्मेदवारी दर्ता
