काठमाडौं । सिद्धार्थ बैंकले नेपाल सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ ।
बैंकले क्लियरिङ हाउस सँगको सहकार्यमा सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको हाे ।
यो सेवामार्फत बैंकमा खाता भएका व्यवसायीहरूले भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपाल तथा विदेशमा रहेका ग्राहकहरूबाट सजिलै अनलाइन भुक्तानी लिन सक्ने भएका छन् ।
नयाँ गेटवे सेवाले विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका ई–कमर्स व्यवसायीहरूलाई देश तथा विदेशबाट अनलाइन भुक्तानी लिन सहज बनाउने बैंकले जनाएकाे छ ।
यो प्रविधिले भुक्तानीका लागि कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नु पर्ने झन्झट हटाउने मात्र नभई अनलाइन कारोबारलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य लिएको छ ।
सिद्धार्थ बैंकले यस गेटवे सेवा सञ्चालनमार्फत डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै आफ्ना मर्चेन्टहरूको व्यापारिक वृद्धिमा पनि सहयोग पुग्ने विश्वास लिएको छ ।
सेवासम्बन्धी थप जानकारीको लागि ग्राहकहरूले २४ सै घण्टा सञ्चालनमा रहेको ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS