काठमाडौं । सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रालिबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार गोकर्णेश्वर, काठमाडौं स्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४० प्रतिशत सम्मको छुट प्राप्त गर्न पाउँने भएका छन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न समेत भनेको छ ।

FACEBOOK COMMENTS