काठमाडौं । सिद्धार्थ बैंकले देशैभरका शाखाहरुमार्फत् धुमधामका साथ ‘ग्लोबल मनी विक’ मनाएको छ ।
आम युवाहरुमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाउँदै आएको ग्लोबल मनी विक बैंकले पनि देशभरमा रहेका आफ्ना शाखाहरुमार्फत् भव्यताका साथ मनाएको हो ।
बैंकले ‘प्लान युओर मनी प्लान्ट युओर फ्युचर’ भन्ने नाराका साथ चैत ६ गतेदेखि १२ गतेसम्म ग्लोबल मनी विक मनाएको छ ।
सिद्धार्थ बैंकले विभिन्न शाखामार्फत् क्विज प्रतियोगितादेखि टिकटक भिडियो प्रतियोगिता गरेको छ ।
बैंकले वित्तीय साक्षरता सम्बन्धि सामाजिक सञ्जालमार्फत् हाजिरिजवाफ कार्यक्रम पनि गरेको छ ।
बैंकले विजेतालाई ५ सय रुपैयाँ नगद पुरस्कार घोषणा पनि गरेको छ । प्रत्येक दिन एउटा प्रश्न बैंकको पेजमा राखेर सही जवाफ दिनेमध्ये एक जनालाई बैंकले विजेता घोषणा गर्ने गरेको छ ।
बैंकले घोषणा गरेको विजेताले बैंकबाट ५ सय रुपैयाँ पुरस्कार पाउने छन् ।
यस्तै, बैंकले बैंकमा बचत गर्दाका फाइदा शिर्षकमा टिकटक भिडियो प्रतियोगिताको आयोजना पनि गरेको छ ।
उत्कृष्ट भिडियो बनाउनेलाई बैंकले पहिलो पुरस्कार स्वरुप ३० हजार, दोस्रो पुरस्कार २० हजार तेस्रो पुरस्कार १० हजार रुपैयाँ दिने घोषणा गरेको छ । जुन भिडियोमा सबैभन्दा बढी लाइक आउँछ त्यो भिडियोलाई बैंकले विजेता घोषणा गर्नेछ ।
युवामा वित्तीय ज्ञान र सीपमार्फत् व्यावहारिकरूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिन सक्षम बनाउने उद्धेश्यका साथ ग्लोबल मनी विक मनाएको बताएको छ ।
बैंकले विभिन्न विद्यालयमा पुगेर पनि विद्यार्थीहरुसँग वित्तीय साक्षरतासँग सम्बन्धित कार्यक्रम गरेको छ ।
सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि उल्लेख्य रुपमा काम गर्दै आएको छ । बैंक वित्तीय सेवासँगै सामाजिक कार्यमा पनि अग्रसर छ ।
नेपालमा पनि राष्ट्र बैंकको संयोजकत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले मनाएका छन् ।
FACEBOOK COMMENTS