काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एण्ड खाता’सञ्चालनमा ल्याएको छ ।
शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत १०० भन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुने बैंकले जनाएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि स–सानो बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे बैंकले जनाएको छ । उक्त खातामा बैंकले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि निस्शुल्क डेबिट कार्ड र बैंकस्र्माट एक्सपी सेवा प्रदान गर्नेछ ।
साथै, ग्राहकहरुलाई उक्त खाता खोली यथासिघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराईएको छ ।
क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पिओएस् वा अनलाईनबाट न्युनतम एक हजार रुपैयाँको कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत क्यासब्याक पाउन सक्नेछन् । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ ।
यस खाताले अभिभावक वर्गहरुलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स–सानो बचत गरी आफ्नो बालबालिकाहरुको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS