काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ कर बुझाएको छ ।
कम्पनीले एफपीओमार्फत जारी गरेको शेयरबाट प्राप्त प्रिमियमको रकम र हकप्रद शेयर लिलामबाट प्राप्त रकममा लाग्ने कर सरकारलाई बुझाएको हो ।
यसअघि यस्तो रकम आयमा गणना गर्न नहुने भन्दै बैंक तथा वित्तीय संस्थाहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दा अदालतले खारेज गरिदिएपछि बैंक तथा वित्तीय संस्थाहरूले अहिले धमाधम कर दाखिल गरिरहेका हुन् ।
यसैक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ठूला करदाता कार्यालयमा सो रकम दाखिल गरेको हो ।
FACEBOOK COMMENTS