काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बिहीवार काठमाडौं स्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९(४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।
FACEBOOK COMMENTS