काठमाडौं । सिद्धार्थ बैंकले आजको लागि बार्षिक साधारण सभा बोलाएको छ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरिने छ ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ । सभाका लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ ।
कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने छन् भने सभामा भाग लिन पाउने छन् । सभा आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS