काठमाडौं । सिद्धार्थ बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्राे त्रैमास (साउन–चैत) मा बैंकको नाफा १.२ प्रतिशतले घटेको हो ।
बैंकले नौ महिनामा एक अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको नाफा १५ करोड ८० लाख रुपैयाँले घटेको हो ।
बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको विरणयोग्य नाफा १८ करोड ८४ रुपैयाँ रहेको छ भने आम्दानी १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र निष्क्रिय कर्जा ४.०४ प्रतिशत रहेको छ ।
यता, बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालु आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ । यता, सञ्चालन नाफा पनि गत वर्ष करिब साढे ७ अर्ब रहेकोमा चालु आवमा बढेर सवा ८ अर्ब नाघेको छ ।
यस्तै, यस अवधिमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड नाघेको छ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS