काठमाडौं । सिद्धार्थ बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले ‘एसबीएल डिबेन्चर-२०९१’ नामक ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले २५ लाख इकाइ ऋणपत्र गरेको छ । जसमा १५ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्ने र बाँकी १० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
यसमा न्यूनतम २५ देखि अधिकतम समपूर्ण कित्तामा आवेदन दिन सकिन्छ । ऋणपत्र १० वर्षे अवधिको हो । लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन् ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । ऋणपत्रमा असार ३२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।
FACEBOOK COMMENTS