काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरूको महान् चाड दसैंको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । ‘दसैं २एक्स रिवार्ड्स अफर’ ल्याएको हो । यसअन्तर्गत बैंकका ग्राहकहरूले असोज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ कारोबारमा दुई गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्ड्स कार्यक्रमअन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (पीओएस तथा ई–कमर्स) र मोबाइल बैंकिङबाट गरेको टपअपका आधारमा रिवार्ड्समा सामान्यतया प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । यसरी आर्जन गरेको प्वाइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट आदिजस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् । सिद्धार्थ बैंकले यो अफरमार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।
यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने विश्वास बैंकको छ । यस योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाई डिजिटल बैंकिङ कारोबारलाई उत्कृष्ट बनाउने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS