काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ७.२५% वार्षिक ब्याजदर भएको ‘एसबीएल डिबेन्चर २०९१’ मा आवेदन दिने आज बुधबार अन्तिम दिन हो । बैंकले असार २९ गतेदेखि सञ्चालन गरेका यस १० वर्षे ऋणपत्रमा आजसम्म लगानी गर्न सकिनेछ ।
बैंकले प्रतिडिबेन्चर एक हजार रुपैयाँ अङ्कित मूल्यका कुल २५ लाख कित्ता (२ अर्ब ५० करोड रुपैयाँ) डिबेन्चर निष्कासन गरेको छ । यसमध्ये ६०% (१५ लाख कित्ता) व्यक्तिगत लगानीकर्ताहरूका लागि र ४०% (१० लाख कित्ता) सर्वसाधारणका लागि छुट्याइएको छ, जसमध्ये ५% (५० हजार कित्ता) सामूहिक लगानी कोषका लागि आरक्षित छ ।
लगानीकर्ताहरूले न्यूनतम २५ कित्ता (२५ हजार रुपैयाँ) देखि अधिकतम कुनै पनि सङ्ख्यामा आवेदन दिन सक्नेछन् । एनएमबी क्यापिटलले यस डिबेन्चरको निष्काशन तथा बिक्री प्रबन्धन गर्दैछ ।
इच्छुक लगानीकर्ताहरूले सी–आस्बा प्रणालीमा आबद्ध कुनै पनि बैंक वा वित्तीय संस्था वा ‘मेरोशेयर’ एप्लिकेशनमार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS