काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागिसमेत) वितरण गर्ने निर्णय गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण, स्वपुँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवम् बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू सभाले पारित गरेको छ ।
FACEBOOK COMMENTS