काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको छ ।
सोमबार बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो ।
बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो । बैंकले ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर निष्कासन गर्ने छ ।
यसको लाभांश दर ८.२५ प्रतिशत रहेको छ । यसको नाफा वर्षमा एक पटक वितरण गरिन्छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS