काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले काठमाडौंको चाबाहिल (माहांकाल) स्थित इजी डेन्टल क्लिनिकमा आकर्षक छुट पाउने भएका छन् ।
उक्त छुट सुविधाका लागि बैंकले इजी डेन्टलसँग सहकार्यको सम्झौता गरेको छ । सम्झौताका आधारमा बैंकका ग्राहकहरूले सो डेन्टल क्लिनिकमा उपलब्ध विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
उक्त सुविधाका लागि बैंकका ग्राहकले सेवाबापतको शुल्क बुझाउँदा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । यस्तो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
FACEBOOK COMMENTS