काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस १४.२५ र नगद ०.७५ प्रतिशत रहेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS