काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८३ करोड ६१ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.३० प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब १४ करोड ३६ लाख १३ हजार रुपैयाँ नाफा रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७६ लाख ५२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४०.५२ प्रतिशत रहेको छ ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी थोरै घटेर ५ अर्ब ५३ करोड ९८ लाख ५१ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ४ अर्ब १३ करोड ५९ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
१० अर्ब ९६ करोड २२ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३ करोड ३३ लाख ५४ हजार रुपैयाँ रहेको छ । १ खर्ब ८० अर्ब ९२ करोड ४० लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५८ करोड ५४ लाख १८ हजार ७४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.३८ प्रतिशतबाट घटेर १.१६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८४ रुपैयाँ ८६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS