काठमाडाैं । सिद्धार्थ बैंकले ७ वर्षसम्म कर्जाको ब्याज स्थिर रहने ‘सिद्धार्थ हाम्रो घर कर्जा’ योजना’ ल्याएको छ । सिद्घार्थ बैंकले घर खरिद, घर निमार्ण र पुर्ननिर्माणका लागि यो सुविधा सञ्चालनमा ल्याएको हो ।
ग्राहकलाई वार्षिक ११.७५ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । ब्याजदरमा निरन्तर भएको उत्तारचढावले उपभोक्तामा उत्पन्न मानसिक र वित्तीय दबाब चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएको हो ।
सिद्धार्थ हाम्रो घर कर्जामा २ प्रकारले ब्याजदर निर्धारण गरिनेछ । ग्राहकको इच्छा अनुरुप फिक्स्ड रेट (निश्चित व्याजदर) र फ्लोटिङ रेट (परिवर्तनशिल व्याजदर)का आधारमा कर्जा उपलब्ध हुनेछ । फिक्स्ड ब्याजदरमा ११.७५ प्रतिशत तोकिएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुनेछैन । फ्लोटिङ् रेट भने बजारको अवस्था अनुसार कर्जाको ब्याजदर घट्बढ हुनसक्नेछ ।
यस्तो कर्जाको मासिक किस्ता रकम पनि परिवर्तनशिल हुनेछ । बजारको अवस्था हेरेर आधारदर परिवर्तन भएपछि कर्जाको दर पनि निर्धारण गरिनेछ । सो तरिकाबाट कर्जा लिँदा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम जोडिनेछ ।
यस योजना अन्र्तगत कर्जाको अवधि ३० वर्ष सम्म हुनेछ । १८ वर्ष पुगेको र ८० वर्ष नकटेका ब्यक्तिले यो कर्जाको सुविधा प्रयोग गर्न सक्नेछन् । बैंकले मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ ।
यस योजनाले अब आफ्नै घर बनाउन चाहने ब्यक्तिहरुको सपनालाई पुरा गर्नेछ । यो कर्जा प्राप्त गर्न धितो राख्ने घरजग्गाको धनीपुर्जा, नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको दुईवटा फोटो, नाता प्रमाणपत्र, आम्दानीको स्रोत खुल्ने कागजात, नक्साको ट्रेस लगायतका कागजात सहित आवेदन दिन सकिनेछ ।
बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ ।
सिद्धार्थ बैंकको यस ‘सिद्धार्थ हाम्रो घर कर्जा’ को विस्तृत विवरण बैंकको वेबसाइट वा नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्राहकहरुले यस कर्जा लिन यस पेजमा भएको ‘अप्लाई नाउ’ बटन क्लीक गरी फर्म भर्न सक्नुहुनेछ । फर्म भरे पश्चात् ग्राहकहरुलाई बैंकको प्रतिनिधिले सम्पर्क गर्नेछ ।
२ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँको सम्पत्ति, २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप र १ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँ कर्जा पूँजी भएको सिद्धार्थ बैंक देशकै उत्कृष्ट बैंकहरु मध्यको एक हो ।
बैंकको मुलुकभर १९५ शाखा, २२३ एटिएम् र १,७३३ पिओएस् रहेका छन् ।
FACEBOOK COMMENTS