काठमाडौं । सिद्धारर्थ बैंकको विद्युतीय कारोबार आज बुधबार एक दिन बन्द रहने भएको छ ।
बैंकले कार्तिक २ गते बुधबार दिउसो १ः३० बजेदेखि सोही विहानी ५ः३० बजेसम्म ४ घण्टा सेवा बन्द हुने जनाएकाे छ ।
बैंकको कार्ड कारोबार स्विचिंङ सेवा प्रदायक संस्थाको नेटवर्क स्विचमा कार्ड नेटवर्कको म्यान्डेड इन्स्टल गर्नुपर्ने भएकाले सम्पूर्ण सेवा अवरुद्ध हुने भएको हो ।
साे समयबीचमा बैंकबाट जारी गरिएका सबै कार्ड मार्फत हुने कारोबार तथा एटिएम र पिओएस सेवा आवरुद्ध हुने भएको बैंकले जानकारी दिएको हो ।
उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतिय कारोबारका लागि अन्य बैकल्पिक माध्यमबाट कारोबार गर्न आग्रह गरेको छ ।
यसैगरी आज साेही समयमा ग्लाेबाल आइएमई बैंककाे सेवा पनि बन्द हुने जनाइएकाे छ ।
बैंकहरूले थप जानकारीका लागि बैंकमा सम्पर्क गर्न पनि ग्राहक हरूलाइ अनुराेध गरेका छन् ।
FACEBOOK COMMENTS