काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘सेकेण्ड म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ ।
न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं ‘न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्स’मा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो । उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्रहण गरेका थिए ।
आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न उपाधिले प्रेरित गरेको प्रमुख कार्यकारी अधिकृत बस्यालले बताए । बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा ९४ एक्स्टेन्सन काउन्टरसहित०, २१५ वटा एटिएम्, ११८ शाखारहित बैंकिङ सेवा र १ हजार ८ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न बैंकिङ सुविधाहरू सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ ।
FACEBOOK COMMENTS