काठमाडौँ । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउतले कुनै समय आफ्नो नाम लिन निषेध गरेको ठाउँमा आफू उभिएको बताएका छन् ।
आजको संसदको पहिलो बैठकमा बोल्दै नेता राउतले आफूले निर्वाचन लडेको निर्वाचन क्षेत्रका नेता उपेन्द्र यादवको स्मरण गर्दै नेताहरुप्रति आफ्नो आवेग मात्र नभई सम्मान पनि रहेको बताए । उनले भने, ‘विगतको राजनीतिक परिवर्तनका लागि हाम्रा नेताहरुको योगदान महत्वपूर्ण छ ।’ देशको विकासका लागि संघियता अपरिहार्य रहेको उनले बताए । वर्तमान सरकार संघियतालाई उपयुक्त दिशामा लैजान प्रतिवद्ध रहनेमा उनको विश्वास छ ।
गणतन्त्र आफूहरुका लागि नौलो व्यवस्था नभएको उनले बताए । गणतान्त्रिक व्यवस्थाप्रति आफ्नो पार्टीको उच्च सम्मान रहेको उनको तर्क छ । निर्वाचनका समयमा नेताहरुले जनतासँग हात मिलाएजति कुनै पनि सामन्तले नमिलाएको उनले बताए । हाम्रो देशमा भएको बहुदलीय लोकतन्त्रका कारण नै आफ्नो पार्टी दर्ता भएको उनले बताए ।
FACEBOOK COMMENTS