काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला एक सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने स्थिर छ ।
आइतबार प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।
FACEBOOK COMMENTS