काठमाडौ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बेपत्ता दुई बसको अवशेष त्रिशुली किनारमा भेटिएको छ ।
बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष तीन दिन अघि स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटना भएको करिब ३०० मिटर तल बसको अवशेष भेटिएको हो ।
२०८१ को असार २८ गते बिहान करिब ३ बजे दुवै बसमा सिमतालमा पहिरोले बगाएपछि बेपत्ता रहेका थिए । बसमा ६२ जना यात्रा रहेको र तीन जना मात्र बच्न सफल भएका थिए ।
फेला परेका चौबिस जनाका शवमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको थियो । बसमा रहेका ३५ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
FACEBOOK COMMENTS