काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबिच बुधबार भएको झडपका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहीबार बन्द भएको छ ।
शान्तिसुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गरिएको हो । यसैबिच बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजीको शान्तिपूर्ण आन्दोलनमा हातपात गर्ने एमालेका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
उनले एमालेबाट निर्वाचित वडाध्यक्षद्वय धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारीलाई नियन्त्रणमा लिएको बताए ।
FACEBOOK COMMENTS