काठमाडौं । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा साइमेक्स इंक बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरकले ‘०–५–१०’ योजना सार्वजनिक गरेको छ।
कम्पनीले यो योजना मार्फत मूल्य र विश्वसनियता प्रदान गर्ने दाबी गरेको छ।
कम्पनीका अनुसार, सीमित अवधिका लागि लागु हुने यस अफर अन्तर्गत २०८१ बैशाख ३१ भित्र बीवाईडी गाडी बुक गर्ने ग्राहकले निम्न विशेष सुविधा पाउनेछन्:
५ वर्षसम्म निःशुल्क सर्भिसिङ: स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज अन्तर्गत लेबर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल निःशुल्क उपलब्ध हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार यो सुविधा ५ वर्षसम्म लागु हुनेछ।
१० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी: ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) सम्मको एक्सटेन्डेड वारेन्टी प्राप्त गर्नेछन्। कम्पनीका अनुसार यो सुविधा ईभीकाे सबैभन्दा लामो वारेन्टी हो ।
साइमेक्स इंक प्रा.लि. का नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘०–५–१० अभियान केवल एक अफर होइन, यो सफा र दिगो मोबिलिटीप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब हो। ग्राहकले हामीप्रति देखाउनुभएको विश्वासप्रति हामी आभारी छौं ।’
ग्राहकले यो अफरको विस्तृत जानकारी लिनका लागि नजिकको बीवाईडी शोरुम वा नेपालभर सञ्चालनमा रहेका डिस्प्ले इभेन्टहरूमा सम्पर्क गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS