काठमाडौं । एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरले नेपाललाई १३९ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुरले ३६ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको हो ।
सिङ्गापुरका लागि कप्तान रियान नायकले सर्वाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए ।
त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्वाधिक ४ विकेट, सचिन भट्टले ३ विकेट तथा शुभम खनाल र अभय यादवले समान १–१ विकेट लिए ।
FACEBOOK COMMENTS