काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद (राइट) शेयरमा अत्यन्तै न्यून आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार सिंगटी हाइड्रोले एक करोड ४५ लाख कित्ता हकप्रद जारी गरेकामा करिब २४ प्रतिशत मात्रै बिक्री भएको छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार आज अन्तिम दिन साँझ ५ बजेर ५ मिनेटसम्म ७४ हजार ६१६ जना आवेदकबाट जम्मा ३४ लाख ४७ हजार १२४ कित्ता शेयरमा आवेदन परेको छ । यो कुल निष्काशनको २३ दशमलव ७७ प्रतिशत मात्रै हो ।
उक्त परिमाणको शेयर बिक्रीबाट कम्पनीले ३४ करोड, ४७ लाख १२ हजार ४०० रुपैयाँ सङ्कलन गरेको छ ।
सिंगटी हाइड्रले यही फागुन २ गतेदेखि आज २२ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो ।
न्यून आवेदन परे पनि कम्पनीले पहिलो चरणमै बिक्री बन्द गरेको छ । अब कम्पनीले नबिकेको एक करोड १० लाख ५२ हजार ८७६ कित्ता शेयर लिलाममार्फत बिक्री गर्नेछ भने हकप्रदबाट भन्दा बढी आम्दानी गर्न सक्ने छ ।
FACEBOOK COMMENTS