काठमाडौं । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको हिजो मंगलबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त अवधिमा कायम कम्पनीको चुक्ता पुँजी दुई अर्ब ९० करोड रुपैयाँको पाँच प्रतिशतले हुन आउने १४ करोड ५० लाख रुपैयाँ बरारको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव विष्णु प्रसाल रेग्मीले जानकारी दिए ।
उक्त बोनश शेयर कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।