काठमाडौं । सिंगटी हाईड्रो इर्नजीको सर्बसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ ।
ईच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS