काठमाडौं । गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्।
ढकालले आफ्नो मानहानी हुने गरी सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै इमेलमार्फत ब्युरोमा उजुरी दिएका हुन्।
उजुरी अहिले दर्ता भई अनुसन्धान अघि बढाएको ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिए।
ढकालले दुई वटा फेसबुकका लिंक समेत समावेश गरेर उजुरी दिएका छन्।