काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।
उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।
यसैक्रममा आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् ।
FACEBOOK COMMENTS