काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ ।
यस क्याम्पले टाटाका आईसीई (पेट्रोल र डिजेलमा आधारित ) श्रेणीका एरिआ, बोल्ट, भिस्टा, मान्जा, सफारी, स्टोर्म र सुमोजस्ता मोडलहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही असोज ९ देखि १५ गते सोल्टीमोडमा अवस्थित सिप्रदीको पेसेन्जर भेहिकल (पीभी) सर्भिस सेन्टर शाखामा सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरूलाई पार्टपुर्जा र लुब्रिकेन्ट प्रत्येकमा १८ प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको भारी छुट प्रदान गरिनेछ । यसैगरी इन्जिन ओभरहल गरेबापत पाँच हजार रूपैयाँ नगद फिर्ता (सञ्जीवनी योजनाअन्तर्गत ) एवं टप वासिङ निःशुल्क हुनेछ ।
यसअतिरिक्त ग्राहकहरूले इन्जिन, ब्याट्री, सस्पेन्सन, ब्रेक चेकअप लगायत कम्प्युटर परीक्षणजस्ता सुविधा निःशुल्क पाउनेछन् । कम्पनीका अनुसार इन्जिन ओभरहल गरिएको खण्डमा १८ महिना वा ५० हजार किलोमिटरको वारेन्टी र दुई पटक निःशुल्क सर्भिसिङ पनि प्राप्त गर्न सकिनेछ । आफ्ना ग्राहकलाई उत्कृष्टभन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिबद्धताअनुरूप यो क्याम्प आयोजना गर्न लागिएको सिप्रदीले जनाएको छ ।
FACEBOOK COMMENTS