काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र BOSCH लिमिटेडबीच टाटा कमर्सियल गाडीहरूमा जडान भएका BOSCH एफआईपीहरूको मर्मत तथा सम्भारसम्बन्धी सेवाका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात् अब टाटा कमर्सियल गाडीहरूको एफआईपीसम्बन्धी मर्मतसम्भार कार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरूले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ ।
त्यस अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका उपाध्यक्ष सौरभराज थपलियाले यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरूलाई एफआईपी मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा BOSCH को विस्तारित सर्भिस सञ्जालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी BOSCH इन्डियाका नेपाल प्रतिनिधि सन्दीप कामतले यस सहकार्यको महत्त्वलाई उजागर गर्दे भने, ‘सिफारिस नगरिएका तथा नन् जेन्युइन पार्टपुर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरूले बारम्बार भोग्दै आइरहेका समस्याहरूको दिगो समाधान यस सम्झौताले प्रदान गर्नेछ । अब शतप्रतिशत BOSCH को जेन्युइन पार्टसहरूकाे प्रयोग गरी निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।’
यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूबाट प्राप्त गर्न सकिने छ । एफआईपी मर्मतसम्बन्धी कुनै पनि सेवाका लागि सिप्रदी सर्भिस सेन्टरमा आउँदाँ ग्राहकहरूले निश्चित मूल्यमा मर्मत कार्य पाउनुका साथै गुणस्तरको प्रत्याभूति प्रदान गर्नका लागि कम्पनीले जेन्युइन पार्टसहरूमा ६ महिनासम्मको वारेन्टी सुविधा पनि प्रदान गर्नेछ ।
FACEBOOK COMMENTS