काठमाडाैं। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पत्थरडाँडा, रूपन्देहीमा आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरू त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ।
त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिजस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।
कम्पनीबाटै जडान गरेर आएका ४४ वटा अल्ट्रा लक्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राका लागि सञ्चालनमा आउने छ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरू अझै बढाउने सोच रहेको जनाएका छन्।
TATA LPO1622/62 BS6 Magna बसमा अत्याधुनिक प्रविधि र BS6 मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ।
BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालि कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने, ‘अत्याधुनिक BS6 इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रूपमा तयार पारिएका यी MAGNA गाडीहरूले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ,’
यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यवसायीको तर्क थियो।
FACEBOOK COMMENTS