काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका एक लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ ।
नगर प्रमुख साह एक लाख घुस रकमसहित पक्राउ परेका थिए ।
अख्तियारले एक लाख नै बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS