सिराहा । सिराहाको नरहा गाउँपालिका-३ खोरियाटोलबाट कटुवा पेस्तोल १ थान सहित ३ जनालाई हरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत मधुबनी बेल्हीपुर्वी पच्चायत झौली टोल बस्ने १९ वर्षीय ऋषि नाथ, छारापट्टी कमलाबारी बस्ने २० वर्षीय ओम शंकर यादव र कमलाबारी फुलकाहा बस्ने १९ वर्षीय आकाश कुमार मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले भारतबाट गोलबजारतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु १८१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS