काठमाडौँ । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। शनिवार प्रदेशसभामा भएको निर्वाचनमा ५७ मतसहित उपसभामुखमा निर्वाचित भएकी हुन्।
उनलाई एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले मतदान गरे। त्यहाँ सभामुखमा माओवादीका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
संविधानको धारा १८२ को उपधारा ९२० अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला र फरक–फरक दल हुनुपर्ने व्यवस्था छ।
FACEBOOK COMMENTS