काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएकी छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत बस्यालले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले पार्टीमा रहँदा पाएको अनुभव, साथ,सहयोग,विश्वासप्रति उनले आभार समेत प्रकट गरेकी छन् ।
अध्यक्षलाई सम्बोधन गर्दै उनले भनेकी छन् ‘म यो पत्रमार्फत तपाईंलाई जानकारी गराउन चाहन्छु कि म, सीता बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट आजको मितिदेखि राजीनामा दिएको घोषणा गर्दछु । पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु । आगामी दिनहरूमा पार्टीलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै म मेरो औपचारिक जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेकी छु ।’
FACEBOOK COMMENTS