मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुकमणी कोइराला विजयी भएका छन् ।
अन्य समूहबाट कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा सोही समूहमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा एमालेका पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गरे । आज साँझ निर्वाचन परिणाम घोषणामा निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
यसैगरी महिला समूहतर्फ नेकपा एमालेकी रुकमणी कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गरी विजयी भइन् भने नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले चार हजार ९९२ मतभार प्राप्त गरिन् ।
निर्वाचन अधिकृत गौतमले विजयी उम्मेदवारद्वय सिटौला र कोइरालाले विजयी प्रमाणपत्र हस्तान्तरण गरे ।
प्रदेश निर्वाचन कार्यालय विराटनगर-१० मा रहेको मतदान केन्द्र विहान ९ बजेदेखि सुरु भएको मतदानमा प्रदेशसभाका ९३ सदस्य र एक सय ३७ पालिकाका दुई सय ७४ मतदातामध्ये दुई सय ७१ ले मतदान गरे ।
मतदानमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले मतदान गरे । साथै मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदार विरामी तथा झापाका झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा रहेकाले मतदान गरे ।
FACEBOOK COMMENTS