काठमाडौं । पोखरामा सञ्चालित पहिलो संयुक्त आउटलेटको सफलतापछि ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेटलाई नयाँ र परिमार्जित स्वरूपमा पुन: सञ्चालनमा ल्याएका छन् ।
सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरी गत फागुन ९ गतेदेखि सञ्चालन गरिएको हो । बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउने मुख्य उद्देश्यका साथ यो पहल गरिएको हो ।
यो आउटलेटलाई केवल एक सामान्य क्याफेको रूपमा मात्र नभई उत्कृष्ट ‘लाइफस्टाइल डेस्टिनेसन’का रूपमा विकास गर्ने दुवै कम्पनीको साझा दृष्टिकोण रहेको छ ।
यहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै मोटरसाइकल संस्कृतिको मज्जा लिन र एक–आपसमा भेटघाट गर्न सक्ने विशेष वातावरण तयार गरिएको छ । नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।
एसजे मोटोका संस्थापक सौरभ ज्योतिले पोखराको अनुभव सुनाउँदै बाइकर र कफी प्रेमीहरूको बढ्दो समुदायलाई थप प्रोत्साहन गर्न काठमाडौंको आउटलेटलाई आकर्षक बनाइएको बताउनुभयो । लामो राइडमा निस्किनुअघि रिफ्रेस हुन वा साथीहरूसँग भेटघाट गर्न यो आउटलेटले उत्कृष्ट र फरक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । यो आउटलेट अब सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ ।

FACEBOOK COMMENTS