![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडे र वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हाल यस बैंकले ९७ शाखा, ३३ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १३१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS